पोखरा/
ईसान युकेको कार्यसमिति बिस्तार भएको छ । गोर्खा क्याप्रिकनमा बसेको संस्थाको पूर्ण बैठकले सर्वसम्मत रुपमा ईनास युकेको पाँचौ कार्यकालका लागि पदाधिकारी चयन गरेको हो । जसको प्रबक्तामा ई. बिज्ञान कार्की,निति निर्माण संयोजकमा ई. सुन्दर पन्डित, खेलकुद संयोजक ई. शत्रुधन साह, स्टुडेन्ट रिलेसन अफिसर अर्जुन शर्मा पाण्डे, संगीत संयोजक बिबेक ढकाल, भाषा तथा संस्कृती संयोजक राजन तिवारी, नृत्यकला संयोजक ई. बिजय बिश्वकर्मा रहेका छन भने सदस्यहरुमा आयुशा थापा, पुनम शाही ठकुरी, ई. बिपुल बरैली, मिलन कार्की,ई. अमन ठकुरी रहेका छन ।
संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेल ,ग्लोवल प्रतिनिधि सुशिल प्रजापति , ईनास ग्लोवल उपाध्यक्ष मनिष श्रेष्ठ , पूर्व अध्यक्ष विनोद चिपालु , ईनास युकेकी उपाध्यक्ष सबिना श्रेष्ठ , महासचिव सवेन्द्र अधिकारी , सचिव लाल शिवयोगी , कोषाध्यक्ष लालमणी भट्टराई , केन्द्रिय सदस्य अमृता पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
ईनासका शुभचिन्तक श्री हरि कार्कीले अनलाइन सम्बोधन गर्दै ईनास विज आईडल कार्यक्रमबारे जानकारी दिएका थिए ।