काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ।
नेपालका लागि बेलायती Deputy Ambassador Dr. Luke Beaumont,Nabil Bank LTD का प्रमुख मनोज ज्ञवाली र अभिभावकहरूको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको कलेजले बताएको छ।
उक्त दिक्षान्त कार्यक्रममा बिबिए, बिएचएम र बीएससी आइटी उत्तिर्ण ५३५ जना विद्यार्थी दिक्षित भएको कलेजले जानकारी दिएको छ।
आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गरिरहेको छ।