Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शान्तिदीप स्कुलमा नयाँ विद्यार्थी स्वागत तथा पुरस्कार वितरण कार्यक्रम
- ‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं’
- नवआगन्तुक प्रमुख जिल्ला अधिकारीको सक्रियतामा फेवाताल सफाइ अभियान
- विश्वकप २०२६ः पोर्चुगल र कङ्गो पहिलो पटक आमनेसामने हुँदै
- प्रतिनिधिसभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
- फोहर बिक्रीबाट २४ लाख आम्दानी
- पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला
- च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल
- किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन्?
- कालीगण्डकीमा जलासय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
पोखरामा ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुँदै
गण्डकी,
पोखरास्थित झलकमान गन्धर्व सारङ्गी पाठशाला र रेडियो अन्नपूर्णको संयुक्त आयोजनामा आगामी बिहीबार ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुने भएको छ । पोखरा महानगरपालिका–९ को वडा कार्यालय मुख्य प्रवर्द्धक रहेको उक्त साङ्गीतिक कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीले झलकमान र नारायणगोपालका गीत सुनाउने छन् ।
रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताउनुभयो । कला, साहित्य र सङ्गीतको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली सङ्गीत जगतका दुई मूधन्र्य प्रतिभाको स्मृतिमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । कार्यक्रम पोखरा–९ महेन्द्रपुलमा रहेको फाल्चामा बिहीबार अपराह्न ४ः०० बजदेखि सुरु हुने जनाइएको छ ।
प्रवेश निःशुल्क रहेको उक्त कार्यक्रममा कलाकारले सारङ्गीको धुनमा झलकमान गन्धर्व र नारायणगोपालका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् । रेडियो अन्नपूर्णले बर्सेनि नारायणगोपालको स्मृतिमा ‘नारायण गोपाल साँझ’ आयोजना गर्दै आएको छ ।
रजत वर्षका अवसरमा यस अगाडि रेडियोले पोखरा–१४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहसमूलक कार्यक्रम, ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामग्री वितरण गरेको थियो ।
यस्तै, प्रसिद्ध धार्मिक पर्यटकीयस्थल विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोगलगायत कार्यक्रम गरिसकेको छ ।
Next Post