सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कक्षा १२ उतिर्ण पश्चात आइएसएमटी कलेज नै किन रोज्ने ?

नेपालमै बसेर कम लागतमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री

शिव पौडेल, पोखरा ।

सुन्दर नगरी पोखराको नयाँ गाउँस्थित अन्नपुर्ण मार्ग स्ट्रिट नं.६ मा अवस्थित आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो । यस कलेजमा हाल बिएससी आइटी, बीबीए पढाइ भइरहेको छ । बीएचएम र एमबीए पनि शिघ्र संचालन गर्ने तयारीमा कलेज छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज  कलेज  प्रतिबद्ध छ ।

व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि आइएसएमटी कलेजमा विश्वास बढ्दै गएको पाइन्छ । यस कलेजले नेपाली विद्यार्थीलाई नेपालमै बसेर कम लागतमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री उपलव्ध गराउँदै आइरहेको छ । कुनै पनि विधामा १२ कक्षा पास भएका विधार्थीले यो शिक्षाको लागि अवसर पाउने छन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा  १०० प्रतिशत सम्म छात्रवृति दिने प्रावधान रहेको छ ।

आइएसएमटी कलेजले विद्यार्थीलाई दिने अर्को विशेष सुविधा भनेको क्रेडिट ट्रान्सफर हो । विधार्थीलाई आफ्नो पढाइको केही वर्ष यहाँ पढ्ने र बाँकी शिक्षा बेलायत, अस्ट्रेलिया र क्यानडाका विभिन्न युनिर्भसिटीबाट पुरा गर्न सकिने व्यवस्था समेत कलेजले उपलब्ध गराउँछ । यसले नेपाली विधार्थीलाई आर्थिक रुपमा पनि सहज हुने र विदेशका युनिर्भसिटीको पढाईको  सिस्टम नेपालमै बानी परेको हुनाले बाहिर गएर पढ्न पनि सजिलो हुन्छ।

आइएसएमटी कलेजको अर्को विशेषता भनेको यहाको दक्ष जनशक्ति पनि हो। यहाँ पढाउने शिक्षकहरु धेरै वर्ष देखि आफ्नै विधामा उच्च पदमा काम गरिरहेका छन् । विद्यार्थीलाई कितावी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान दिइन्छ । कलेजले दैनिक पाठ्यक्रमसँगै बाहिर बजारमा माग भएका सीप सम्बन्धि वर्कसप ,सेमिनारहरु विभिन्न दक्षता भएका  विशेषज्ञबाट गराउँदै आएको छ । बेला बेलामा विद्यार्थीले पढेका कुरा कसरी व्यवहारमा उतारिन्छ त्यसको अवलोकन भ्रमण समेत कलेजले गराउने गरेको छ । कमजोर विद्यार्थीलाई विशेष ध्यान दिएर अघि बढ्नको लागि प्रेरित गर्ने कुरामा कलेज अगाडि नै छ ।

मानसिक,सामाजिक ,स्वस्थ समस्या सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरी मोटिभेसन दिने काम कलेजले गर्दै आएको छ । मनोरंजनका लागि होली, तीज लगायतका पर्वमा विभिन्न सांगीतिक कार्यक्रमको समेत आयोजना गरिन्छ । जसले विद्यार्थीको आन्तरिक क्षमतालाई समेत माथि उठाउन मदत पुगेको छ । खेलकुदमा पनि हरेक वर्ष खेलकुद सप्ताह गर्दै आइरहेको छ ।

IVF Big

विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउन विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान, डेन्टल क्याम्प, वृक्षारोपण लगायतका कार्यक्रमको आयोजना समेत गरिएको छ । विद्यार्थीको नेतृत्व विकासमा समेत ख्याल गरिएको छ ।

यसरी समग्र पोखराको शिक्षालाई गुणस्तरीय बनाउन आइएसएमटी कलेज लागिरहेको छ । गुणस्तरीय शिक्षा प्रदान गरी सभ्य समाज निर्माणमा एक ईटा थप्न आइएसएमटीको भूमिका महत्वपूर्ण साबित भएको छ ।

कलेजका विशेषताहरु  :

१.नेपालमै बसेर कम लागतमा बेलायत स्थित  युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री

२.बेलायत,अस्ट्रेलिया र क्यानडाका विभिन्न युनिर्भसिटीमा क्रेडिट ट्रान्सफर

३.आफ्नै विधामा उच्च पदमा काम गरिरहेका दक्ष जनशक्ति

४.बजारमा माग भएका  सीप सम्बन्धि वर्कसप ,सेमिनारहरु विभिन्न दक्षता भएका  विशेषज्ञवाट गरिने

 

– (लेखक पौडेल आइएसएमटी कलेज पोखराका अपरेसन म्यानेजर हुन् ।)

Leave A Reply

Your email address will not be published.