सुचना, समाचार र मनोरन्जन

‘जार’मा आठ मिनेटको बाघका लागि सिंगो सिनेमाको बजेट

काठमाडौं :

फिल्म ‘जार’मा प्रयोग भएको बाघको मुल्य एउटा फिल्मको बजेट बराबरको रहेको बुझिएको छ। निर्माण टिमका अनुसार फिल्ममा आड मिनेटको सिनका लागि बाघ प्रयोग गर्दा एउटा फिल्मको पुरै लगानी परेको छ।
ट्रेलरमा हेर्दा मुख्य कलाकार सौगात मल्ल बाघसँग आमानेसामने परेको देखिन्छन्। स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ। यस फिल्मका निर्देशक फुर्वा छिरिङ लामाले यो दृश्य राख्ने पर्ने भएकाले राखेको बताए।

उनले भने,‘इन्द्र बहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ । यो दृश्य नराखे सिनेमा नै अधुरो हुने थियो। त्यसैले यसलाई जसरी पनि राख्नै पर्नेथियो। नराखे ‘जार’ कथा पढ्ने व्यक्तिले सिनेमा हेरे अधुरो महसुस गर्ने निश्चित थियो।’

निर्देशक लामाका अनुसार यो दृश्यका लागि भीएफएक्सको विकल्प थिएन। त्यसैले उनले भीएफएक्सका राख्ने निर्णय गरेको बताए। ‘सुरुमा त मलाई यो सम्भव छ र भन्ने लाग्यो किन भने कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तीमा ८ देखि १० करोड रुपैयाँ लाग्ने थियो,’ उनले भने,‘तर, हामीले फ्रिलान्सर भीएफएक्स आर्टिस्टलाई काम गरायौँ।’

Chaka Panja

फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपैयाँ खर्च भएको निर्देशक लामाले बताए। लामो समय लिएर ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेको उनले जानकारी दिए।

आठ मिनेटको उक्त दृश्यका लागि हलिउड मुभी ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत सिनेमाका काम गर्ने भीएफएक्स आर्टिस्टले काम गरेको उनले बताए।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो।

फिल्ममा ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ। उनीहरु यतिबेला फिल्म प्रमोसनका लागि सिक्किम पुगेका छन्।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ। फिल्म ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्मको गीतमाझुमा लिम्बू र गंगा थापाको संगीत छ ।

यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।

Leave A Reply

Your email address will not be published.