काठमाडौं :
अघिल्लो वर्षको हिट फिल्म ‘जारी’को सिक्वेल घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहने गरि सिक्वेलको निर्माण घोषणा गरिएको हो।
निर्माण टिमले सोमबार फिल्मको फरेस्टलुक सार्वजनिक समेत गरेको छ। जसमा दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ। स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ।यो फिल्मलाई ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ। निर्माण पक्षले फिल्मको रिलिज मिति यहीँ दसैँमा समेत तय गरेको पोस्टरमा देख्न सकिन्छ।
कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो। बैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल,अनिल सुब्बा,रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ। बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन। यो सिनेमाको सम्पुर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिनेछ।