काठमाडौँ :
नीति शाह अभिनित फिल्म ‘जदौ’को टिजर रिलिज भएको छ। शनिबार निर्माण टिमले युट्युव च्यानल हाइटेक इन्टरटेन्मेन्टमार्फत एक मिनेट लामो टिजर रिलिज भएको हो।
टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको लडाइँ देख्न सकिन्छ। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा निर्माण भएको यस फिल्मको टिजरमा अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेम जोडिएका छन्। अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन्। जहाँ उनीहरुबीचको लडाइँ टिजरको पर्दामा राखिएको छ। आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने यस पिल्ममा अन्तरजातीय प्रेमजोडीको सामाजिक कथालाई भन्न लागिएको निर्माण पक्षको भनाई छ।

नेपाली समाजमा जातसम्बन्धी विभेदकारी व्यवहारबाट उत्पन्न समस्या र त्यसको निराकरणको लागि यो फिल्मले दर्शकलाई भन्न्े निर्देशक शर्माले जानकारी दिएका छन्। अर्का लेखक तथा निर्देशक काजील यो फिल्मबाट दर्शकले भरपुर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाडल पुर्ने बताए।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन,ऋचा,नीति,प्रभातपाल,राजश्रीका साथमा विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटा,रोहित कार्की,स्वस्तिका चौधरीलगायतले अभिनय गरेका छन्। फिल्ममा प्रीति कौर,बाबुल गिरी र गोपाल लोहारको शब्द,अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा राजनराज शिवाकोटी,रचना रिमाल,किरण गजमेर र बाबुल गिरीको स्वर रहेका छन्।
फिल्मका गीतमा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्। राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल छन्। शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन्। फिल्मलाई एनजिसिएन ग्रुपले वितरणको रुपमा रहेको छ।