सुचना, समाचार र मनोरन्जन

जमुना शाही ठकुरी नाटक ‘अछेता’ मा कलाकारको भूमिकामा

काठमाडौं :

फेसन डिजाइनरको विद्यार्थी हुन् जमुना शाही ठकुरी। फेसन डिजाइनर भएता पनि उनी कलाकारितामा पनि सक्रिय छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो कलाकारितालाई निखार्न कला घर नामक संस्थामा आवद्ध छन्।

Chaka Panja

गोविन्द सुनारसँग अभिनयको प्रशिक्षण लिँदै आएकी जमुना ‘कलाकार बन्नलाई निकै मेहनत र अनुशासित हुन जरुरत पर्ने रहेछ भन्ने सोचमा छिन्। यतिबेला उनी नाटक ‘अक्षता’मा कलाकारसँगै कस्ट्युम डिजाइनको भूमिकामा आवद्ध भएकी छन्।

सानैदेखि कलाकारिता भन्नेबित्तिकै हुरुक्क हुने जमुना आफू एउटा राम्रो कलाकार बन्ने, जसले समाजका हरेक चरित्रहरू निर्वाह गर्दै गरीब निमुखाको आवाज बन्न कोसिस गर्ने लक्ष्य लिएकी छन् ।

Leave A Reply

Your email address will not be published.