सुचना, समाचार र मनोरन्जन

सौगात र सिम्रनको’बब डाईमा कुशलको गीत, भिडियो छायांकन सकियो

काठमाडौँ :

पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई’का लागी गायक कुशल पोख्रेलले गीत गाएका छन्। गीतको भिडियोको छायांकन सकिएको छ। गएको सोमबार र मंगलबार ललितपुरको भैसेपाटीमा भिडियोको छायांकन गरिएको थियो।

केहि समयपछि सार्वजनिक गर्ने तयारी गरिएको भिडियोमा चलचित्रका सबैजसो कलाकार अटाएका छन्। तर फिल्मका मुख्य कलाकार सौगात मल्लको दृश्यहरु भने केहिदिनमा छायांकन गर्ने गरि बाँकी राखिएको छ। गीतमा शब्द पनि गायक कुशलकै रहेको छ भने बेश चर्चिल भुसालको रहेको छ । मिक्सिङ र मास्टरिङको काम केपासले गरेका छन्। गायक कुशल तिनै गायक हुन् जसको डेढ वर्ष अघि सार्वजनिक ‘पैसा’ गीत निकै चर्चामा आएको थियो । कुशलले ‘बब डाई’मा अभिनय समेत गरेका छन्। उनको यो अभिनयको हिसाबले डेब्यु फिल्म रहनेछ । गीत भने अन्य फिल्महरुमा पनि गाइसकेका छन्।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्मित ‘बब डाई’ कमेडी जनरामा आधारित छ। फिल्ममा सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका छ। सौगातले फिल्ममा ‘बब डाई’ को शीर्ष भूमिका निर्वाह गरेका छन्। नेवारी लवजमा ‘दाई’ लाई ‘डाई’ भनिने भएकाले चलचित्रको नाम ‘बब डाई’ राखिएको फिल्मका निर्देशक प्रवीण श्रेष्ठ बताउँछन्।

चलचित्रमा सौगात र सिम्रनका साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ । बालकलाकारका रूपमा अग्रिम पण्डित देखिनेछन् ।

मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको यस चलचित्रको सम्पादन स्वयम् निर्देशक श्रेष्ठले नै गर्दैछन् । श्याम तामाङ र टोलीले खिचेको यस चलचित्रमा दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन्। फिल्मको रिलिज २०८३ मै हुने तर मिती केहि समयमै घोषणा गरिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.