काठमाडौं :
फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चा चल्दै आएको छ। चैतको अन्त्यबाट छायांकनमा जाने फिल्मको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ।
फिल्मको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ। ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ। यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ। फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ। ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन छन्। यो फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।
नयाँ कथावस्तु र आकर्षक शीर्षकसहित निर्माण हुने ‘जनै हराएको बाहुन’मा कलाकारहरूको पनि लाइनअप बलियो देखिएको छ। यो फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन्। मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन्। साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ।
यसैगरि,यो फिल्ममा अभिनेता सुशांक मैनाली पनि जोडिएका छन्। नेसनल अवार्ड विजेता अभिनेता मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निभाउने पक्का भएको छ। उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली सिनेमामा पुनः देखिने भएका छन्। उनले ‘साँगुरो’, ‘टलकजंग भेर्सस टुल्के’लगायत फिल्ममा काम गरेका थिए।
सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली फिल्ममा फर्किन लागेको मैनालीले बताएका छन्। हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गते रिलिज हुने छ। मैनालीको प्रवेशले सिनेमा निर्माण टोलीलाई थप ऊर्जा मिलेको असोसियट निर्देशक राउतले बताए।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। फिल्ममा थानेश्वर गौतमको संगीत रहने बताइएको छ। फिल्मको छायांकन चैत २५ गतेदेखि ४० दिन को सेड्युल अनुसार पाल्पा र काठमाडौंमा गरिनेछ। यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायां गर्नेछन्।