काठमाडौं :
फिल्म ‘अगत्स्य’का निर्देशक सौरभ चौधरीको तेस्रो फिल्म ‘कर्मा’प्रदर्शनको संघारमा छ। उनले यो फिल्ममार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन्। उनका अनुसार यो फिल्मको मुख्य भाव जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेको छ।
टिजरमा उनले जोड दिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि यसलाई प्रष्ट पार्छ । मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो, अथवा मान्छेले जे भोग्छ र जति भोग्छ त्यो उसको कर्मकै फल हो भन्ने टिजरले देखाएको छ। उनले मिडियासँगको कुराकानीमा पनि यही नै रहको बताए। ढिलो चाँडो मात्रै हो, मान्छेले उसले असल कर्म गरे राम्रो खराब कर्म गरे त्यही अुनसार नराम्रो सजाय नै पाउनेछन्।
उनले भने,‘कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै दिन अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” सौरभको विश्वास छ।’
उनले थपे,‘यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ।’
निर्देशक चौधरीले चैत २९ का लागि सबैभन्दा पहिला आफूले रिलिज डेट लिएको दाबी गरेका छन्। मिडियासँगको कुराकानीमा उनले आफूले प्रदर्शन मिति तोक्दा अरु कसैको पनि फिल्म आउने तयारीमा नरहेको र अरुले पनि ल्याएकोमा दुखमनाउन गरे। यही मितिमा अर्को फिल्म ‘पिताम्बर’प्रदर्शनमा आउदैछ। यहीँ समयमा राजेश हमाल अभिनित फिल्म ‘नरसिंहा’आउने हल्ला थियो तर निर्माण पक्षले अहिले प्रदर्शन नगर्ने बताईसकेको छ।
यस फिल्ममा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए,उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिजले यो फिल्मलाई लिइएकाृ छ भने आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो। वसन्त लम्सालको लगानी रहेको छ।