काठमाडौं :
निर्माणाधीन ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ। उनीहरुलाई निर्माण पक्षले फिल्मका लागि अनुबन्ध गरेको हो।
हिमाल न्यौपानेले निर्देशन गर्ने यस फिल्ममा अभिनेता विजय बरालले प्रमुख भूमिकामा रहनेछन्। उनी केहि साताअघि नै फिल्मका लागि अनुबन्धित भइसकेका छन्।
पेपरक्लिप प्रालिले बनाउन लागेको यस फिल्ममा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन्। यसमा उनले अभिनय समेत गर्नेछन्। भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर।के। मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्।
यस फिल्ममामा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’‘ हुन्। भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन्। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।