काठमाडौं :
फिल्म ‘जन्ते बाख्रो’को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियोमा सौगात मल्ल, गरीमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक र विशाल पहाडीलाई नचाएको छ।
नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको छ। जेठको २३ गतेबाट रिलिजमा आउने यो फिल्मको यो गीतमा कृष्ण भारद्धाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्धाजको स्वर र रिकेश गुरुङको संगीत सुन्न सकिन्छ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा रमेश शाह,कमल देवकोटा,रुषा न्यौपाने,रमा थपलिया, कुसुम शर्मा,स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय छ। प्रदीप लामाको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्म मुईन इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको हो ।
कमेडी कथामा तयार पारिएको छ यस फिल्ममा सन्तोष गौतमको लगानीमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन, हरि हुमागाँइको छायांकन निर्देशन,उत्तम हुमागाँइको छायांकन, सुनिल शिवभक्तीको सम्पादन छ।