Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- माग्नेबुढा अमेरिका ग्रिन कार्डको पर्खाइमा अमेरिका बसेका हैन र?
- एआईको सहयोगमा निर्माण गरियो गीतको भिडियो ‘मेरो नेपाल’
- स्वस्तिमाको अभिनित फिल्म ‘लालीबजार’को ‘मै राम्री छु त नी’मा बबाल डान्स
- २५ वर्षअघिको क्रेज फर्काउला आधुनिक फिल्म ‘गौँथली’ले,‘आँखा भरी आँसु’मा जन्मघर छोड्दाको पीडा
- रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
- काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
- दाउरा थकालीको देशव्यापी विस्तार : स्वादसँगै नेपाली संस्कृति प्रवर्द्धन
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय
- गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण
पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान
गण्डकी,
आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ ।
होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ ।
विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुुका साथै प्रचार सामग्री वितरण गरिने उनले बताए ।
उक्त क्रममा आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिने उहाँले जानकारी दिए । “सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका लागि पूर्वी नेपालका स्थानीयलाई निम्तो दिनुपनि हाम्रो कार्यक्रमको उद्देश्य हो”, उनले भने । महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा लेकसाइड क्षेत्रमा सञ्चालन हुनेछ । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव गरिँदै आइएको छ ।
पोखरा पर्यटनको राजधानी रहेको र यस सहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यस अभियानले महत्वपूर्ण सहयोग पु¥याउने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
कार्यक्रमका अवसरमा पूर्वी नेपाल र पोखराबीचको पर्यटकीय साझेदारी बढाउने लक्ष्य राखिएको छ । विगतमा पोखराबाट भद्रपुर र विराटनगरलगायत सहरसम्म सञ्चालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती सहरबाट पोखरासम्मस्तरीय पर्यटक बस सेवा सञ्चालनका लागिसमेत पूर्वका पर्यटन व्यवसायीसँग सहकार्यको प्रस्ताव राखिने छ ।
पोखराको होटेल क्षेत्रमा मात्रै छ खर्बको लगानी भएको बताउँदै अध्यक्ष सुवेदीले यहाँ करिब एक हजार २०० को सङ्ख्यामा होटेल रहेको जानकारी दिए।
पोखरामा सञ्चालित होटेलका कारण करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको सङ्घले जनाएको छ ।
Next Post