सुचना, समाचार र मनोरन्जन
jaar

माग्नेले एउटा फिल्मबाट ६० लाख लिँदा जितुले कति लिन्छन्?

काठमाडौं :

हास्यकलाकार केदार घिमिरे (माग्नेबुढा’ले एउटा फिल्मको पारिश्रमिक ६० लाख लिएको चर्चा छ । उनी आफैले पनिआफुलाई निर्माताहरुले ५० लाख दिएको स्वीकार गरेका छन्। यसको चर्चा अधिकांश मिडियाले छापेका छन्।

फिल्म ‘छक्का पञ्जा ५’मा निर्माता तथा त्यसको नाफा लिदै आएका केदार बाहिरि ब्यानरमा महँगा बनेका हुन्। उनको पारिश्रमिक र अभिनेता अनमोल केसी,प्रदीप खड्का,दयाहाङ राईको भन्दा महँगो हो। नेपालकै महँगो कलाकार बनेका केदारका गुरु जितु नेपाललाई पनि मिडियाले कति पारिश्रमिक लिनु हुन्छ भन्ने प्रश्न गरेका छन्।

फिल्म ‘कार्साङ’को प्रमोसनमा रहेको अभिनेता जितु नेपालले आफूले कलालाई पारिश्रमिकका बारेमा कसैसँग कुरा नबाँड्ने बताएका छन्। मिडियाकर्मीले एउटा फिल्मबाट कति पारिश्रमिक लिनु हुनछ भन्ने प्रश्नमा शो कुरा बताएका हुन्। उनले भने,‘मैले फिल्म साइन गर्दा नै निर्माता निर्देशकसँग पारिश्रमिकको बिषयमा बाहिर हल्ला गर्न नपाइने सर्त राखेको हुन्छु । म र मेरो टिमका केही मानिसबाहेक अरूलाई मेरो पारिश्रमिकको बिषयमा थाहा नहोस् भन्ने म चाहन्छु।’

केदार महँगाको कलाकार भएको बधाई समेत दिएका छन्। तर आफुले कसैसँग यति पारिश्रमिक लिएको छु नभन्ने र निर्मातालाई मर्का नपार्ने बताए। पैसा भन्दा पनि आफुलाई कृतिको लोभ रहेको र पैसासँग नदाँज्ने दाबी गरे।

जीतुले अगाडि भने–‘भोलिका दिनमा पैसा रहँदैन, मैले गरेको काम मात्र रहने हो । मैले कति पैसा लिएँ भन्ने कुरा कहाँ रहन्छ र ? मेरो कृती बाँकी रहने हो।’

यतिबेला जितु पुष २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’को प्रमोसनमा छन्। यस फिल्ममा उनको जोडी दिया मास्के रहेकी छन्।

Leave A Reply

Your email address will not be published.