सुचना, समाचार र मनोरन्जन
jaar

कर्ण र एलिनाको ‘मनमा फुल्ने माया’

काठमाडौं : बिहेपछि अष्ट्रेलिया पुगेकी गायिका एलिना चौहान केहि महिना नेपालमा नै छिन्। अष्ट्रेलियाबाट गत तीजको छेको पारेर नेपाल आएपछि फर्किएकी छैनन्। उनी नेपालमा नै गीत संगीत तथा मेला महोत्सवमा आफ्ना दर्शकलाई रमाइलो गराइरहेकी छन्।

यसैक्रममा उनले गायक कर्णराज गिरीसँग मिलेर गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक गरेकी छन्। सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ। भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ। सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी निकै सुहाउँदिलो देखिएका छन्।

भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर, अनिताको मेकअप, हेमन्त लामिछानेको कोरियोग्राफी तथा जगत रेग्मीको निर्देशन छ। फोर के मिडियामा भिडियोको पोस्ट प्रोडक्सन गरिएको हो। गीतको प्रस्तुतकर्ता हरि शर्मा हुन्।

Leave A Reply

Your email address will not be published.