सुचना, समाचार र मनोरन्जन

कृर्षि संजाल बैदाम द्धारा प्राङ्गारिक कृर्षि लागि झोलमल बनाउन तालिम सम्पन्न

पोखरा, 

पोखरा महानगर पालिका वडा नं– ६ वडा स्तरीय कृर्षि संजाल बैदामको आयोजना र वडा कार्यालय ६ को आर्थिक र प्राविधिक सहयोगमा एक दिवसीय “प्राङ्गारिक कृर्षिका लागि झोल मल बनाउने” तालिम शनिबार सम्पन्न भएको छ ।
तालिममा कौशि खेति क्वीनका उपविजेता तथा प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मल बनाउने तरिका सिकाएकी थिइन । बैदाम क्षेत्रका स्थनिय संघ संस्थाका करिब ३० जनाले मल बनाउने तालिम लिएका थिए । कार्यक्रममा धृपि, कफि र कुरिलो गरि विभिन्न प्रजातिका ३ सय विरुवा समेत वितरण गरिएको अध्यक्ष विन्द्रा धरेल जानकारी दिइन ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य पवित्रा थापाले कौसि खेति सहित करेसा बारीमा प्रयोग हुने मलहरु ऋाफैले उत्पादन गर्ने सके स्वास्थ र अर्गानि तरकारी र फलफुल खान पाइने बताइन । उनले भनिन्, “रासायनिक मलको अत्यधिक प्रयोगले माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।

”प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मललाई जैविक मलका रुपमा प्रयोग गर्ने सकिन्छ । झोल मल गाइ बस्तुको गोबर , पिसाब ई.एम वा जिवातु र पानिको मिश्रण बाट तयार गरिन्छ । उनले प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले वडा भित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिन आग्रह गरिन ।

वडा सदस्य बासु बरालले कृर्षि संजाल बैदामले रासायनिक मलले पुराएको असर भोग्दै आएका किसानलाई संजालले प्राङ्गारिक कृर्षि लागि झोलमल बनाउने तालिम दिएकोमा खुशि ब्यक्त गरे ।
वडा सदस्य शोभा जलारीले बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिला तथा स्थानीयहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गरिन ।

संजालकी अध्यक्ष विन्दा धरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर न्यौपने र सचिब चन्द्रकला घिमिरे पहारीले लगाएतले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उर्तान सके मात्र तालिमको महत्व बढने बताएका थिए

Leave A Reply

Your email address will not be published.