सुचना, समाचार र मनोरन्जन

फिल्म ‘ज्वाइँ साब’को ट्रेलरले थप्यो उत्साह,जितु र नीतिको प्रशंसा

काठमाडौं :

फिल्म प्रदर्शनमा आउन एक साता बाँकी हुँदा फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ। यही असोज २४ गते फूलपातीको दिन रिलिज हुन लागेको फिल्मको दुई मिनेट ५६ सेकेण्डको ट्रेलर सार्वजनिक भएको हो। फिल्मको ट्रेलरमाकमेडीसँगै पीडा पनि देखाइएको छ।

ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ। आफ्नो विवाह नगरि दिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ।
ट्रेलरमा फिल्मकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले विभिन्न प्रतिष्पर्धा गरेको देखाइएको छ। जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन्।

Chaka Panja

ट्रेलरमा फिल्मका कलाकारहरु जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ। राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ।

रेड आइ फिल्मस्को व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ। यसअघि जितुको ‘ह्यारी कि प्यारी’प्रदर्शनमा आएको थियो भने नीतिको ‘खजुरे ब्रो’ थियो। यो फिल्मसँगै फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’पनि प्रदर्शनमा आउन लागेका छन्।

Leave A Reply

Your email address will not be published.