सुचना, समाचार र मनोरन्जन
jaar

मेलवर्नमा नेपालीबासीको मन जित्यो काँडेतारले

मेलवर्न :

अष्ट्रेलियाको मेलवर्नमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को च्यारिटी शो गरिएको छ। मार्च १७ तारिकका दिन चाइना टाउन सिनेमा मिडसिटीमा बिशेष प्रदर्शन गरिएको हो।

ह्यान्ड टु ह्यान्ड प्रालिका संचालक बुद्धिलाल मगर र योगेन खड्काले चलचित्रको बिशेष प्रदर्शन आयोजन गरेका हुन्। फिल्म काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले फिलमलाई यहाँका नेपाली दर्शकहरूले साह्रै मन पराईदिनु भएकोले अष्ट्रेलिया, मेलर्वन निवासी प्रति आभारी छु भन्दै निर्माता, निर्देशक नवल खड्काले बताए। उनले क्रमशः अन्य स्थानमा पनि चलचित्र ‘काँडेतार’लाई प्रदर्शन गरिने छ।

काँडेतार विगतको गौरवगाथालाई स्मरण गराउँदै राष्ट्र, राष्ट्रियता र देशको आत्मसम्मान जोगाउन सीमा क्षेत्रका युवा र आम जनताले गरिरहेको संघर्षको कथा हो। आम नागरिकले भोग्नु परेका विकराल समस्याबारे समाधानसहितका सुझावहरु प्रस्तुत गरिएका छन्। यस फिल्मले मनोरञ्जन, कलात्मकता र वैचारिकतालाई भरपुर मौलिक स्वादको तालमेल गरी ‘राष्ट्र पहिलो हो’ भन्ने बिषयलाई प्रस्तुत गरिएको छ।

यो भन्दा अगाडि युके लगायत अन्य विभिन्न शहरहरू र अष्ट्रेलियाको सिडनिमा पनि प्रदर्शन गरिएको थियोे। त्यहाँ पनि काँडेतारको चौतर्फि प्रसंम्सा बटुल्न सफल भएको थियो। कार्यकारी निर्माता गायिका सत्यकला राई, निर्माता अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का रहेकाछन्। फिल्ममा नवल खड्का, सुरविना कार्की, रेविका गुरूङ, गौरव पहाडी ,प्रशान्त यादव,मुरलिधर, प्रेम सुब्बा, रवि शाह, केशव रायमाझी आदिको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.