
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुबेदी
- ‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
- तीन हप्तामै सकियो दीपेन्द्र के खनालको फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन
- सार्वजनिक भएको २४ घण्टामै ‘कबड्डी ५’ को ट्रेलर ट्रेन्डिङ नम्बर १ मा, दर्शकमा उत्साह
- नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरमै पुर्याइदिने
- औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
- ‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्ण
- बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन
- सेयर बजार २१ अंकले बढ्यो, बैंकिङ समूहमा उत्साह
- सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
म्याग्दी,
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३०० मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग रु सात करोडमा ठेक्का सम्झौता भएको छ । पर्खाल निर्माणको काम सकिएपछि बायोइन्जिनियरिङ पनि गरिने छ ।

बेनी–जोमसोम–कोरला ७६ किलोमिटर सडकअन्तर्गत रु २५ करोडको लागतमा खामभित्ताका साथै रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन गरेको छ ।
‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायोइन्जिनियरिङ’, ‘थ्रिडिमेस’ प्रविधिबाट पहिरो रोकथाम गर्न लागिएको आयोजना प्रमुख शर्माले बताउनुभयो । चालु आर्थिक वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।
Next Post