काठमाडौं :
फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ। चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीत सार्वजनिक गरिएको हो। ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ। शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ। भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन्।
नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ। नेपाली संस्कृति बोल्ने प्रयास गरेको छ। विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ। माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की,उपासना सिंह ठकुरीलगायतको अभिनय छ। रत्यौलीमा विपीनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ। महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडियो ठठ्यौली र रमाइलो पनि देखिएको छ। यो रत्यौलीको परम्परा र विश्वास पनि हो। ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल,सरिता गिरी, दिब्यदेब,बेन बस्नेत,सुज्यान सिलवाल,अनिल बुढाथोकी,निर्मल शर्मालागायतको अभिनय रहेको छ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा,सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर,शाहिल खानको टिजर–ट्रेलर,विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ। आर्टिस्टिक इनटरटेनमेन्टले निर्माण गरेको यो पहिलो सिनेमा हो। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।