सुचना, समाचार र मनोरन्जन

कर्णालीको पीडामा पोख्दै रतनको ‘जदौ हजुर’

काठमाडौं :

गीतसंगीतले आफ्ना भावना बेदना स्रोतामाझ पोख्ने गरेका छन्। गीतका सर्जक तथा गायक गायिकाहरुले आफुदे देखेको भोगेको सिर्जनालाई गीतको माध्यममार्फत सुनाउने गर्छन्। यस्तै आफ्नो गाउँ ठाउँको सिर्जना पोख्न स्रोतामाझ आइपुगेका छन् रतन देवकोटा।

उनले गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले यस्तै भावको नयाँ सिर्जना लिएर स्रोता तथा दर्शकमाझ आएका छन्। उनले नयाँ गीत ‘जदौ हजुर’ बोलको गीत मार्फत कणार्लीको दुःखलाई भिन्न तरिकाले प्रस्तुत गर्न खोजेका छन्।

Pach Pandav

कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडा सङै लाईभ म्युजिक र मोडर्न इन्स्ट्रुमेन्टसङ फ्युजन गरि तयार गरेको यो गीतले दर्शकको मन जित्नेमा देवकोटा आशावादी देखिछन्।

गीतको शब्द सङीत स्वर सङै भिडियो कन्सेप्ट र निर्देशन देवकोटा स्वयमले गरेका छन्। सौरभ लामिछनेको डिओपी रहेको भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन्। गीतको भिडियो निर्देशन सहित दर्शकमाझ आएका रतन भन्छन,‘कर्णालीको पीडा, संघर्ष, र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइँसराइका कथा गुँथिएका छन्। यो गीत न्याय, एकता, र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो।’

Leave A Reply

Your email address will not be published.