सुचना, समाचार र मनोरन्जन

ऋतको ‘कस्तुरी’मा निखिल र वर्षाको जोडी,शुभमूहुर्तसँगै थालियो खिच्न

काठमाडौं :

अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक स्क्रिन सेयर गर्ने भएका छन्। निर्माण टिमले मंगलबार यो जोडीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मूहुर्त सँगै छायांकन थालेको हो।

मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको निर्माण पक्षले जानकारी दियो। फिल्मको शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट फिल्मको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन्।’

Pach Pandav

उनले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्ने बताए। यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन्। फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। निर्माता अग्रवालले फिल्मले सफलता पाउनेमा ढुक्क रहन आग्रह गरेका छन्। उनले आफु व्यापारी भएकाले नाफा घाटा जे जस्तो भएता पनि राम्रो नेपाली फिल्म बन्नेमा ढुक्क रहन दर्शकलाई आग्रह गरेका हुन्। उनको यो डेब्यु निर्माण फिल्म हो।

फिल्मका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट हुनेछन्। त्यसै गरि फिल्मको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।

Leave A Reply

Your email address will not be published.