सुचना, समाचार र मनोरन्जन

फिल्म ‘लालिमा’को पोस्टरमा खुलेकी रोशनी,फागुन २९ गतेबाट फिल्म नै हलमा लाग्ने

काठमाडौं :

फिल्मको प्रचारको पहिलो कदम नै त्यसको पोस्टर हो। पोस्टरले दर्शकलाई आकर्षण गर्न सकेको खण्डमा फिल्मको हाइप बढ्छ। सोही सोचाईका साथ निर्माण पक्षहरुले फिल्मको पहिलो प्रचार स्वरुप पोस्टर रिलिज गर्छ।

सोही क्रममा रोशनी कार्की अभिनित फिल्म ‘लालिमा’ को पोस्टरसँगै फिल्मको प्रदर्शन मिति तोकिएको छ। निर्माण यो फिल्म आगामी फागुन २९ बाट प्रदर्शनमा आउने जानकारी दिएको छ।

यस फिल्ममा अभिनेत्री कार्की शीर्ष भूमिकामा छन्। शिर्ष भुमिकामा रहेकी कार्कीलाई मंगलबार निर्माण टिमले दर्शकमाझ ल्याएको हो। उनका अलवा यो फिल्ममा उषा रजक,शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको पनि मुख्य भूमिका रहेको छ।

फिल्मलाई रोशन मिराजले निर्देशन गरेका हुन्। उनले यो फिल्मको कथा पनि थोरै खुलाएका छन्। उनका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर सत्य घटनामा निर्माण गरिएको हो।

फिल्मबारे निर्देशक मिराज भन्छन्, ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ। एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् । यही कथामा फिल्म बनेको हो ।’

पोस्टरमा कार्कीलाई एकल फिचर्ड गरिएको छ । उनले झ्लालको छेउमा अफ्ठयारोमा परेर कसैको साहारा खोजेको देखिन्छ। अझ भनौ उनी संकटमा परेर बसिरहेको होकी भन्ने अनुमान गर्न सकिन्छ। उनको शरीररको माथिल्लो भागको कपडा छैन। एक सेतो कपडाले उनले शरीर छोपेकी छन्। उनको लाली लतपतिएको लालीले उनको चरित्रप्रति संशय पैदा गर्छ ।

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक मिराज आफैँ हुन् ।

Leave A Reply

Your email address will not be published.