सुचना, समाचार र मनोरन्जन
Pdms

नेपाली फिल्म क्षेत्रमा नायिकामाथि विभेद रहेको केकी अधिकारीको भनाइ

काठमाडौं :

फिल्म हिट भए पनि नभए पनि अभिनेत्रीहरु अभिनेताको तुलनामा दोस्रो दर्जाका रुपमा हेरिन्छन्। हिरो मिलेपछि हिरोइन् खोज्ने गरिन्छ। यो कुरालाई बेला बेलामा कलाकारहरुले बहसको विषय बनाउँदै आएका छन्। यसबारेमा अभिनेत्री केकी अधिकारीले नेपाली फिल्म उद्योगमा कार्यरत अभिनेत्रीहरू अझै पनि सम्मान र प्रतिष्ठाको लडाइँमा संघर्षरत रहेको टिप्पणी गरेकी छन्।

काठमाडौंमा आयोजित ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ फिल्मको पोस्टर विमोचन कार्यक्रममा बोल्दै उनले नायक र नायिका बीच समान योगदान भए पनि व्यवहारमा विभेद भइरहेको धारणा राखेकी हुन्।

उनले भनिन्, ‘एकैसाथ हिट फिल्म दिएका नायक र नायिकाबीच पनि व्यवहारमा भिन्नता हुन्छ। नायिकालाई अझै पनि दोस्रो प्राथमिकताको कलाकारका रूपमा हेरिन्छ। नायकको सेड्यूल नमिलेसम्म नायिकाले पाएको फिल्मबाट समेत हटाइने अवस्था अझै छ।’

उनले कार्यक्रममा अभिनेत्रीहरु छायांकनका लागि तयार रहेका बेला अभिनेताहरुले नभ्याएको खण्डमा रोकिने गरेको बताईन्। तर अभिनेताले भ्याएको खण्डमा अभिनेत्रीले समय दिन नसके एकै कलमा फेरिने गरेको गुनासो पोखिन्।

‘हामीले पनि ठाउँ बनाउन नसकेको हुन सक्छ, तर साइन भइसकेको फिल्मबाट पनि एक फोन कलको भरमा नायिका हटाइने अवस्था हुनु अन्यायपूर्ण हो,’ उनले थप भनिन्।

केकीले पारिश्रमिकको विषयभन्दा पहिला नायिकाको प्रतिष्ठा र सम्मान सुनिश्चित हुनु आवश्यक रहेको उल्लेख गरिन्।

Leave A Reply

Your email address will not be published.