काठमाडौं :
अभिनेता निखिल उप्रेती आगामी नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)क्रिकेट प्रतियोगिताको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले उप्रेतीलाई ब्राण्ड एम्बासडरको रूपमा सार्वजनिक रूपमा घोषणा गरेका हुन्।
उक्त अवसरमा अध्यक्ष सिंहले उप्रेतीको सहभागिताले प्रतियोगिताको प्रचारप्रसार र लोकप्रियता बढ्ने विश्वास व्यक्त गरे। नियुक्तिपछि प्रतिक्रिया दिँदै अभिनेता उप्रेतीले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान दिने उद्देश्यले एनएसपीएलसँग आबद्ध भएको बताए। एनएसपीएल क्रिकेट प्रतियोगिता आगामी असोज महिनामा आयोजना हुने आयोजकले जानकारी दिएका छन्।
अभिनेता उप्रेती फिल्म ‘आचार्य’को निर्माण तयारीमा जुटेका छन्। आगामी महिनाबाट छायांनमा जाने भनिएको यो फिल्मको कलाकार तथा प्राविधिक छनोटको काम गरिरहेका छन्।