सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा सम्पन्न भयो दोस्रो क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५

काठमाडौं :

दोस्रो संस्करणको क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५ सोमबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थिति रहेको थियो।

निर्देशक विजेन्द्र नौबागेको सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला विशिष्ट अतिथि थिए भने वरिष्ठ कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा संगीत तथा गीतसाहित्य क्षेत्रका २३ विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

२३ विधामा अवार्ड वितरण

कार्यक्रममा ‘लोक स्वर सम्राट’को रुपमा परिचित राजु परियारलाई रजत सम्मान प्रदान गरिएको छ। त्यस्तै, वरिष्ठ गायिका देविका बन्दनालाई सदाबहार गायिका सम्मान, टिका पुनलाई दशक सम्मान, सञ्चारकर्मी डि।वि। पराजुलीलाई सञ्चारकर्मी सम्मान, राजु खड्कालाई संगीत सादक सम्मान, सामना शाहालाई गीतकार सम्मान लगायत विभिन्न श्रेणीमा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता शर्मिला पाण्डे, चरित्र अभिनेत्री रश्मि भट्ट, छायाँकार केशव अधिकारी, भिडियो सम्पादक इनिश बुढाथोकी, बाल कलाकार मञ्जली तामाङ र आरिया शाही, उद्घोषक दिपेन्द्र शाही, कलाकार दिनेश डाँगी, मोडल देव महतो लगायत अन्य कलाकारलाई समेत सम्मान प्रदान गरिएको हो।

सर्वोत्कृष्ट अवार्ड विजेताहरू

अवार्डका निर्णायक मण्डलका अनुसार सर्वोत्कृष्ट आधुनिक गायकमा रुपक डोटेल, आधुनिक गायिकामा नृत्यशिवा, लोकरदोहोरी गायिकामा माधव भण्डारी र सुनिता सुनार, लोक आधुनिक गायकमा सुरेश अञ्जान, भिडियो निर्देशकमा जेरि भण्डारी, ८८गीतकार ९आधुनिक०८८मा प्रनिल प्रधान, एरेन्जरमा सुनिल परियार, रेकर्डिस्टमा सरोज खड्काले अवार्ड प्राप्त गरेका छन्।

त्यस्तै, सार्वजनिक मतका आधारमा उत्सव सुब्बा लामाले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेका छन् भने जुरी अवार्डतर्फ गायक हुम गैरे र गीतकार मोहन लिम्बुले अवार्ड हात पारेका छन्।

सहयोगी संस्था तथा सम्मान

अवार्ड कार्यक्रमको सफलताका लागि सहयोग गर्ने धुलिखेल नगरपालिका, श्रेष्ठ सम्लायर्स, पपुलर ग्रुप लि।, चलचित्र विकास बोर्ड, गंगबु सुटमाला र अन्य संस्थालाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ। पपुलर ग्रुप प्रालि, टोखाले अवार्ड प्राप्त गर्नेहरुलाई आफ्ना उत्पादनसमेत उपहार स्वरूप प्रदान गरेको थियो।

संगीत, कला, साहित्य र पत्रकारिता क्षेत्रका योगदानकर्तालाई चिनाउन र प्रोत्साहन गर्न आयोजन गरिएको यो अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउने लक्ष्य आयोजकले लिएको छ।

Leave A Reply

Your email address will not be published.