सुचना, समाचार र मनोरन्जन

लाखौँ जुटाउने कुरा गर्दै नाजिर र केकी,अस्मी बनिन् राइटपाथ करियरको सद्भावना दुत

काठमाडौं :

अभिनेता नाजिर हुसेन र अभिनेत्री केकी अधिकारीले लाखौँ जुटाउने कुरा गरिरहेका छन्। उनीहरु लाखौँ जुटाएपछि सम्बृद्धि बन्छ भन्दै अरुलाई सुनाइरहेको छ। यो उनीहरुले यथार्तमा भनेका होइन। हालै सार्वजनिक भएको एक गीतमा यसो भनेका हुन्।

राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’बोलको गीतमा दुवैले अभिनय गरेका छन्। काठमाडौँस्थित हिल्टन होटेलमा आयोजित यस विशेष कार्यक्रममा एकता र सामूहिक प्रयासको महत्वलाई उजागर गरिएको गीतको भिडियोमा केकी र नाजिरले अभिनय गरेका छन्।

गीतले नेपाली जनताले मिलेर काम गर्दा नेपालको समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। भिडियोमा विभिन्न प्राकृतिक विपत्तिहरूको प्रभाव र यसबाट प्रभावित जनताको दुःखलाई उजागर गर्दै सामूहिक प्रयासले यी चुनौतीहरूलाई पार गरी समृद्धिको नयाँ युग सुरु गर्न सकिने सन्देश दिइएको छ।

Pach Pandav

चर्चित कलाकारहरू नाजिर हुसेन र केकी अधिकारीको प्रभावशाली अभिनयले सजिएको यस भिडियोले युवाहरूलाई विदेशमा अवसरहरूको खोजी गर्नु सकारात्मक भए तापनि, आफ्नो देशको विकासमा योगदान दिन फर्किनु आवश्यक रहेको सन्देश दिन्छ। यस गीतले नेपाली युवाहरूलाई आफ्नो सीप र क्षमता फिर्ता ल्याई समृद्ध राष्ट्र निर्माण गर्न प्रोत्साहित गरेको छ। सगोत्री आचार्यको शब्दमा सत्यराज स्वरूपराज आचार्यको सुमधुर आवाज रहेको यो गीतको भिडियो फिलिप डिसी र सिआर बस्नेतले निर्माण गरेका हुन् भने निर्देशन निकेश खड्काले गरेका हुन्।
समारोहमा राइटपाथ करियर काउन्सिलिङले पूर्व मिस नेपाल अस्मी श्रेष्ठलाई आगामी एक वर्षका लागि सद्भावना दूतको रूपमा नियुक्त गरेको घोषणा पनि गरियो। यस अवसरमा दुई आधिकारिक टेलिभिजन विज्ञापनहरू पनि अनावरण गरियो।

राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले यस परियोजनालाई सफलतापूर्वक अघि बढाउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए। उनले भने, “हाम्रो उद्देश्य नेपालीहरूलाई मिलेर उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नु र आफ्नो देशको समृद्धिमा योगदान दिनु हो।”

गीतले हालैका प्राकृतिक विपत्तिबाट पुनः उत्थान भइरहेको र भविष्यमा विपत्ति रहित सुन्दर नेपालको सपना देख्ने सबै नेपालीलाई एकताबद्ध भएर साझा लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ।

Leave A Reply

Your email address will not be published.