सुचना, समाचार र मनोरन्जन

‘जनै हराएको बाहुन’मा विजय बरालको जोडी केकी की मिरुना ?

काठमाडौं :

फिल्म ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको निर्माण पक्षको भनाई छ। रिलिज डेट लिइसकेको यस फिल्ममा अभिनेत्री केकी अधिकारीलाई अनुबन्ध गरेपछि फिल्मको लाइनअप पुरा हुँदै गएको निर्माण पक्षले जनाएको हो।

फिल्मको मुख्य भुमिकामा अभिनेत्रीमा केकीका साथमा मिरुना मगरलाई पनि निर्माण टिमले अनुबन्ध गराएको छ। यसअघि यो फिल्ममा अभिनेता विजय बराल, गौरव पहाडी र रियर राईलाई अनुबन्ध गरिएको थियो।

‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन्। फिल्ममा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन। यस फिल्मको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ।

‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ। यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो। ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन हो। यसअघि उनले असोसियट निर्देशक भएर फिल्म ‘प्रेमगीत ३’मा काम गरिसकेका छन्।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ।
आदित्य फिल्मस् निर्माता रहेको फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन्।

यो वर्षको अन्त्यसम्ममा फिल्म छायांकनमा जाने निर्माण पक्षको दाबी छ। फिल्मको सुटिङ नथाल्दै निर्माण टिमले यो फिल्मको रिलिज डेट आउँदो हरितालिका तीज अर्थात् भदौ १० गते तोकेको छ।

Leave A Reply

Your email address will not be published.