
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- झन्डै तीन दशकको सांगीतिक यात्रासहित पोखरामा गुञ्जिँदै ‘BRO SIS Band’
- क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ भव्य रूपमा सम्पन्न
- पाकिस्तानी गायक आतिफ अस्लम पहिलोपटक इटहरीमा गुञ्जिने
- एस्पी कोइरालाद्वारा कट्टेलको गीति एल्बम ‘गन्तव्य’ लोकार्पण
- फ्राइडे रिलिज : देशभरका हलमा लागे ‘ककाकिकी’ र ‘सारथी’
- गौरी मल्ल हिरोइन होइन,नर्स बन्न चाहान्थिइन
- बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन
- सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए
- प्रधानमन्त्री कार्यालयद्धारा कार्यसम्पादन विवरण सार्वजनिक, विपद् कोषमा १८ अर्ब मौज्दात
- पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’
काठमाडौँ,
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताएका छन । विश्व म्याराथनको साझा संस्था एशोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उनले उक्त कुरा बताए ।
“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलन सक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तरराष्ट्रिय सङ्गठनले नेपालको खेल पर्यटनलाई प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।

उहाँले विश्वशान्ति, भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्व रहेको बताउँदै त्यसमा पनि दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुद क्षेत्रको विकासका लागि बर्सेनि लगानी बढाइरहेको जानकारी दिँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदको विकासमा सहयोग भइरहेको बताए । एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनोट गरिएकामा राष्ट्रपतिले कृतज्ञता ज्ञापन गरे।