सुचना, समाचार र मनोरन्जन

मुस्ताङको कोरला नाकाबाट दुई हप्तामा एक अर्ब ३७ करोड राजस्व सङ्कलन

मुस्ताङ,

मुस्ताङ भन्सार कार्यालय, न्हेचुङले गएको दुई हप्तामा एक अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

रसुवागढी र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि कोरला नाका वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको थियो ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार, भदौ ३० देखि पूर्ण सञ्चालनमा आएको नाकाबाट राजस्व सङ्कलनमा सुधार आएको छ । दुई हप्ताभित्र सात सय ६९ विद्युतीय गाडी र दुई सय ४६ मालवाहक कन्टेनर भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ ।

चीनबाट ६५ कन्टेनरको जाँचपास अझै बाँकी छ । नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निर्यात भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.