काठमाडौं :
‘ऐंचो पैंचो’ निर्देशक तथा निर्मात्री कृषा चौलागाईंको आगामी फिल्म ‘पिताम्बर’ बलिया कलाकार भित्रिएका छन्। निर्देशक कृषाले फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरी र कामेश्वर चौरासियापछि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव अनुबन्ध गरेकी छन् । अघिल्ला फिल्मका केहि कलाकार बाहेक दो¥याएकी छैनन्।
यही महिनाको अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा कृषा स्वयंको निर्देशन रहने छ। उनलाई लगानीमा उनका भाई विशाल चौलागाईंले सघाउदैछन् । फिल्म ‘ऐँचो पैँचो’का निर्माता समेत रहेका विशालले दोस्रो फिल्ममा पनि लगानी गर्न लागेका हुन्। केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले नै खिच्नेछन्।
निर्माण पक्षले जानकारी दिए अनुसार फिल्मको तीन चरणमा छायांकन हुनेछ । फिल्ममा हुस्सुको सिन खिच्नुपर्ने भएकाले माघमै फिल्मको पहिलो चरणको छायांकन गर्नुपर्ने निर्माण पक्षलाई हतारो छ। हुस्सुको सिन खिचेपछि भने अन्य बैशाख र असार–साउनमा छायांकन हुनेछ ।
फिल्मको लागत ५ करोड पुग्ने अनुमान निर्माण पक्षको छ।