काठमाडौँ :
गायिका सरिता भारती पछिल्लो पुस्ताका व्यस्तगायिका हुन्। यसै क्रममा गायिका सरिता भारतीले कृष्ण जन्म अस्टमीको अवसर पारेर ‘राधा’को भेषमा फोटो सुट गरेकी छिन् । यस अघि पनि शिवरात्रीमा शिवको अवतारमा उनी तस्बिरमा प्रस्तुत भइसकेकी थिईन्।
यसपटक उनी भगवान कृष्णको प्रेमिका राधाको अवतारमा तस्बिरमा प्रस्तुत भएकी हुन्। कृष्ण जन्म अस्टमीको अवसर पारेर सबैलाई शुभकामना सहित आफू यो अवतारमा तस्बिरमा प्रस्तुत भएको सरिताले बताईन्। चेली मेकअप स्टुडियोका सिनियर मेकअप आर्टिष्ट बिना रानामगरले सरितालाई राधाको सृँगारमा उतारेकी हुन्। किर्तीपुरको बागभैरव मन्दिर परिसरमा फोटो पत्रकार बद्री थापाले सरिताको राधा भेषलाई तस्बिरमा कैद गरेका हुन्।
विगत एक दशकदेखि गायनमा सक्रिय सरिताले गत साता मात्र आफ्नै एसबी क्रियसन नेपाल युट्युव च्यानलबाट नयाँ तीज भाकाको गीत ‘नाच्न दे’ बजारमा ल्याईन्। ओम सुनारको संगीत रहेको यो गीत अहिले चर्चामा छ। आफ्नो स्वरमा करिब दुई दर्जन गीतहरु बजारमा ल्याईसकेकी सरिताको यही ११ भदौमा झरी सम्बन्धि नयाँ लोक गीत बजारमा आउँदैछ।
अग्रज गीतकार डब्बु क्षत्रीको शब्द र ओम सुनारको संगीतमा झरी सम्बन्धि यो लोक गीत बजारमा आउन लागेको उनले जानकारी गराईन्। यो लोक गीतलाई पुरुष संस्करणमा कोरियोग्राफर तथा गायक कृष्ण रसालले गाउँदैछन्। यतिबेला अरु नयाँ दुई वटा गीत रेकर्डको तयारीमा रहेकी सरिताले तीजको अवसरमा यही १ भदौ आयोजना हुने तीज क्विन विशेष कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिदैछिन्। यो सहित अरु आधा दर्जन सांगीतिक कार्यक्रम यो तीजमा तय भएको उनले जानकारी गराईन्।
तस्बिर : बद्री थापा
सृंगार : विना रानामगर
