सुचना, समाचार र मनोरन्जन

बलिउड फिल्म ‘सैयारा’सँग दाँजिँदै ‘कुमारी’

काठमाडौं :

बलिउड फिल्म ‘सैयारा’ विश्व बक्स अफिसमा चर्चा कमाइरहँदा नेपाली फिल्म ‘कुमारी’ त्यससँगको तुलना कारण चर्चामा आएको छ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भएयता नयाँ अनुहार र रोमान्टिक थिमका कारण ‘कुमारी’लाई ‘सैयारा’सँग दाँज्ने क्रम रोकिएको छैन। गीत र ट्रेलर सार्वजनिक भएपछि पनि सामाजिक सञ्जालमा कतिपयले यसलाई ‘सैयाराको नेपाली भर्सन’ भन्दै टिप्पणी गरेका छन्।

यस विषयमा निर्देशक दिनेश राउतले तुलना सतही बुझाइ मात्र भएको बताएका छन्। बुधबार काठमाडौंमा उनले भने,“लभस्टोरी र नयाँ कलाकार भएका कारण मात्र फिल्मलाई ‘सैयारा’सँग तुलना गर्नु गलत हो। ‘कुमारी’को कथा पूर्ण रूपमा फरक छ।”

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’मा अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। निर्माता महेन्द्र अधिकारी रहेको फिल्ममा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ।

Leave A Reply

Your email address will not be published.