काठमाडौं :
फिल्म ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म आगामी मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउने भएको हो।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।
लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक श्रेष्ठले एक्सन फिल्म निर्माण गरिएको जानकारी दिएका छन्। उनका अनुसार ‘कुम्भ’ मा नवनायक अशोक आर्यन, बरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल,साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। फिल्म छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका छन्।
द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन्। ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। फिल्मको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन्। फिल्मको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।