सुचना, समाचार र मनोरन्जन

टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच कुटाकुट

सुर्खेत :

सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच कुटाकुट भएको छ । उक्त झड्पमा एकजना यातायात व्यवसायी घाइते भएका छन्।

Pach Pandav

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा भखरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारीमाथि शनिबार कुटपिट भएको हो। शनिरबा बिहान संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हातपात गरेको प्रहरीले जनाएको छ।

सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन्।अहिले दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन समेत ठप्प भएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.