सुचना, समाचार र मनोरन्जन

सरकारले लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने

काठमाडौँ,

सरकारले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आउँदो वर्षमा विभाग स्थापना गरिने छ ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि आउँदो वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताए । उनले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

यस्तै कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागूऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताए । नेपाल प्रहरीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर लागूऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.