सुचना, समाचार र मनोरन्जन

‘लाज शरणम्’लाई प्रदर्शन अनुमति, प्रचारप्रसारको बाटो खुल्यो,युटुबमा सार्वजनिक भए हराएका गीत र ट्रेलर

काठमाडौं :

पाटन उच्च अदालतको आदेशपछि युट्युब प्लाटफर्मबाट हटाइएका टिजर र गीत सार्वजनिक भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सेन्सर पास भएपछि निर्माण टिमले युटुबमा फर्किएको हो। अब निर्माताले फिल्मको पब्लिसिटी थालेका थालेका छन्।

निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे पाँडेले युट्युबमा टिजर फर्किएसँगै प्रचार सुरु भएको बताए। आइतबार बिहान प्रदर्शन अनुमति दिएसँगै फिल्मको प्रचारप्रसारमा लागेको रोक हटेको थियो। फिल्मको ट्रेलर र गीतमा पूर्वमन्त्री अफताव आलमको हाउभाउ राखेपछि आलमले मुद्दामा उजुरी हालेका थिए।

यो फिल्म (आज)सोमबार अपरान्हदेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु हुनेछ। सक्किगोनीका लेखक तथा निर्देशकमध्ये कुमार कट्टेल निर्देशित यो फिल्म बुधबार प्रदर्शन तयारीमा छ। फिल्ममा सीताराम कट्टेल,विजय बराल,अर्जुन घिमिरे,सागर लम्साल लगायतको कलाकारहरुले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.