सुचना, समाचार र मनोरन्जन

परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा दिए उजुरी

काठमाडौं :

गायक कुमा सागरलाई जिस्क्याएको भन्दै धक्की खेपेको कमेडियन सजन श्रेष्ठले प्रहरी गुहारेका छन्। उनले आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिन पुगेका हुन्। उनले आइतबार ब्युरोमा उजुरी दिएका छन्। उनका अनुसार रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाको परिवार नै असुरक्षित भएको भन्दै उजुरी दिएका हुन्।

उनले सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन्। दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कार्वाही गर्न उनले माग गरेका छन्। केहि दिनअघि कमेडिन श्रेष्ठले गायक कुमा सागरको गायनलाई नक्कल गर्दै आफ्नै पडकास्डामा उठाएका थिए। सजनसहित अर्का कमेडियन उत्सव सापकोटा, पडकास्ट सुशान्त प्रधान लगायतविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो।

आफुविरुद्ध उजुरी परेपछि सजनले भिडियोबाट समेत माफी मागिसकेका थिए। तर, उनको माफीको बेवस्था गर्दै उनलाई सामाजिक संजालबाट त्यसपछि पनि धम्की आइरहेको सजनको भनाई छ।

Leave A Reply

Your email address will not be published.