सुचना, समाचार र मनोरन्जन

‘लज्जावती’को गीत ‘दिलको मोटर’लाई दर्शकको साथ, युट्युबमा साढे सात लाख भ्युज

काठमाडौँ :

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लज्जावती’को सार्वजनिक गीत ‘दिलको मोटर’ले दर्शकको राम्रो ध्यान तानेको छ। आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको गीतले रिलिजअघि नै दर्शकमाझ सकारात्मक माहोल सिर्जना गरिदिएको हो।

लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन रहेको यस गीतमा प्रेम, उत्साह र भावनात्मक हलचललाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक रवि ओडको स्वर सुन्न सकिन्छ। नृत्यप्रधान यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालको रोमान्टिक अभिनय तथा नृत्य रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोको मेकिङ, कलाकारको केमेस्ट्री र दृश्य संयोजनलाई दर्शकले रुचाएका छन्।

युट्युबमा सार्वजनिक भएसँगै छोटो समयमै साढे सात लाखभन्दा बढी पटक हेरिएको यस गीतमा दर्शकहरूले प्रतिक्रियामार्फत संगीत, शब्द, अभिनय र एरेन्जमेन्टको प्रशंसा गरिरहेका छन्। सकारात्मक प्रतिक्रियाका कारण प्रदर्शनअघि नै चलचित्रको चर्चा थप चुलिएको छ।

राजबहादुर सानेको निर्देशन तथा सौरभ ओलीको प्रस्तुतिमा बनेको यस चलचित्रलाई आहा फिल्म्सको ब्यानरमा मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण गरिएको हो। कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेशराज बुढाथोकी हुन्।

दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको ‘लज्जावती’मा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजालका साथै धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ। चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्दैछ।

https://youtu.be/ELdMGFBZ6-o?list=RDELdMGFBZ6-o

Leave A Reply

Your email address will not be published.