सुचना, समाचार र मनोरन्जन

फागुन २९ मा ‘लालिमा’, तीन हजार यौनकर्मीको अनुभवमा आधारित फिल्मको टिजर सार्वजनिक

काठमाडौं :

फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार साँझ ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एक्लै प्रस्तुत भएकी छन्। कोठाभित्र मानसिक तनाव र द्वन्द्वमा छट्पटाइरहेको उनको अवस्था देखाइएको छ, जसले फिल्मको मनोवैज्ञानिक पाटोलाई संकेत गर्छ। टिजरमा कथावस्तु भने सस्पेन्समै राखिएको छ।

लेखक तथा निर्देशक रोशन मिराजका अनुसार ‘लालिमा’ तीन हजार यौनकर्मीका अनुभवमा आधारित घटनाबाट प्रेरित कथा हो। उनले फिल्मले समाजको संवेदनशील पाटोलाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने बताए।

फिल्ममा रोशनी कार्कीसँगै शिशिर वाङ्देल, जीनव भट्टराई, उषा रजक र सुष्मा निरौलालगायत कलाकारको अभिनय रहेको छ। फेथ आस्थाको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्।

Leave A Reply

Your email address will not be published.