सुचना, समाचार र मनोरन्जन

वेलायत जान लागेका फोटो पत्रकार लामालाई साहारा क्लबले गर्यो बिदाई

पोखरा/

पोखराको सहारा क्लवले क्लवका शुभचिन्तक तथा लामो समयसम्म डिजाइनरको रुपमा काम गरेका फोटो पत्रकार ओम लामालाई बिदाई गरेको छ । रोजगारको लागि वेलायत जान लाग्नु भएका पोखरा नयाँबजार निवासी लामालाई क्लवले आज(मंगलबार) खादा तथा फुलमालाले बिदाई गर्दै वेलायतको बसाई सफलताको कामना समेत गरिएको हो ।

सहारा क्लव र आहा रारा पोखरा गोल्ड कपको विगत दुई दशक देखि डिजाइन सम्बन्धि काम गर्दै आएका लामालाई विदेश यात्राको सफलताको कामना सहित क्लवले धन्यवाद समेत दिएको छ । क्लवका अध्यक्ष केशवराज बराल, पुर्व अध्यक्षहरु बिक्रिम थकाली, विरभद्र आचार्य, केशव बहादुर थापा, बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ लगायतले खाला तथा माला लगाउदै लामालाई बिदाई गरेका हुन ।
क्लवका अध्यक्ष बरालले विश्वका जुनसुकै मुलुकमा गए पनि पहिला आफ्नो भूमि नेपाल त्यस पछि सामाजिक संघ संस्थालाई सम्झन आग्रह गरे । पोखरामा दुई दशक भन्दा बढी समय संचारकर्मसगै डिजाइनमा समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आउनु भएको लामाले पोखरामा पहिलो अनलाइन संचालन गरेको जनाए । आफु जहाँ भए पनि नेपाल र सहारा क्लवलाई नभूल्ने बताएका छन ।

Leave A Reply

Your email address will not be published.