काठमाडौँ :
हास्य कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी श्रेष्ठको शुक्रबार निधन भएको हो ।
क्यान्स रोगबाट थलिएकी उनको उनको शुक्रबार राती निधन भएको कलाकारहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनी हास्य टेलिफिल्म ‘मेरी बास्सै’ सिरियलमा अप्सरा आमा नाामबाट चर्चामा आएकी थिइन्। यसबाहेक उनले लक्ष्मीले ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।