
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा जेसीजको उपाध्यक्षमा सुमन पहारीको उम्मेदवारी
- दीपकको चिरञ्जीवी भवः’बाट ‘जाले रुमाल’सार्वजनिक,गीतले गर्यो प्रेमको बखान
- हरिवंशदेखि आर्यनसम्मको अभिनय रहेको ‘पाँच पाण्डव’ भोलिदेखि प्रदर्शनमा
- एक खर्ब डलरको अर्थतन्त्र बनाउन निजी लगानी आवश्यक : वाग्ले
- Nawa Niwas: A New Way to Find a Home
- पोखरामा बीएआईसी र आर्कफक्सका नयाँ सोरुम सञ्चालनमा
- अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
- नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
- सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
- भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा
काठमाडौं :
डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ। बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बाल प्रतिभाहरूले उत्साहजनक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि हात पार्दा रोहिना भण्डारी र अयान्श चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ अवार्ड जिते। त्यस्तै, रोहिना भण्डारी र बिर्शिका बस्नेतले ‘मोस्ट पपुलर’को उपाधि जितेका छन्। आयोजकको विशेष छनोटअन्तर्गत स्वर्णिमा बिष्टले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरेकी छन्।
प्रतियोगितामा सहभागी बालबालिकाको प्रस्तुति, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्चीय क्षमतालाई विभिन्न आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले बाल प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने तथा मनोरञ्जन क्षेत्रमा भविष्य निर्माणका लागि प्रेरणा दिने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। कार्यक्रमकी आयोजक अमिषा ओली रहेकी थिइन् भने विबश थापाले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।