काठमाडौं :
नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक सुरेन्द्र कटुवाल पछिल्लो समय आफ्नो निर्देशन यात्राका कारण चर्चामा छन्। निर्देशनमा आफूलाई स्थापित गराउँदै गरेका कटुवालको पछिल्लो फिल्म ‘मझेरी’ चर्चामा रहँदै गर्दा उनले नयाँ फिल्मको घोषण गरेका छन्। उनले नयाँ फिल्म ‘भोजपुरे ठिटो’ निर्देशन गर्ने गरी सम्झौता गरेका हुन्।
सन् २००५ देखि नेपाली फिल्म क्षेत्रमा सक्रिय कटुवालले दुई दशक लामो फिल्मी यात्रामा विभिन्न फिल्म तथा टेलिसिरियलमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनले ‘मैदान’, ‘सपूत’, ‘ज्वालामुखी’ र ‘आँधी तुफान’ लगायतका फिल्ममा का रूपमा काम गरेका छन्। त्यस्तै ‘कसलाई आफ्नो भन्नु’, ‘सिन्दूर’, ‘करुणा’, ‘छल’ र ‘मृगतृष्णा’ लगायतका टेलिसिरियलमा समेत असिस्टेनका रूपमा काम गर्दै उनले फिल्म निर्माणको विभिन्न पक्षमा लामो अनुभव बटुलेका छन्।
‘मझेरी’ले बढाएको चर्चा
लामो समय अरूका प्रोजेक्टमा महत्वपूर्ण जिम्मेवारी सम्हालेपछि आफ्नै निर्देशनमा तयार भएको फिल्म ‘मझेरी’ अहिले कटुवालको निर्देशन यात्राको महत्वपूर्ण कडी बनेको छ। सामाजिक विषयवस्तुलाई केन्द्रमा राखिएको फिल्मले दर्शकमाझ चासो बढाइरहेको छ।
‘मझेरी’को विषयवस्तु र प्रस्तुतीकरणसँगै निर्देशक कटुवालको लामो फिल्मी अनुभव पनि अहिले चर्चाको विषय बनेको छ। विभिन्न निर्देशक तथा निर्माण टिमसँग वर्षौं काम गरेर हासिल गरेको अनुभवलाई उनले आफ्नै निर्देशनमा कसरी प्रयोग गरेका छन् भन्ने पक्षले समेत चलचित्रप्रति चासो बढाएको छ।
‘मझेरी’पछि ‘भोजपुरे ठिटो’
फिल्म ‘मझेरी’को चर्चा सेलाउन नपाउँदै कटुवालले फिल्म ‘भोजपुरे ठिटो’ का लागि सम्झौता गरेपछि उनको निर्देशन यात्रा थप व्यस्त र रोचक बनेको छ। शीर्षकबाटै पूर्वी नेपालको मौलिक परिवेश, संस्कृति र स्थानीय जीवनशैलीसँग जोडिएको कथाको संकेत गर्ने भएकाले ‘भोजपुरे ठिटो’ प्रति प्रारम्भिक चरणमै उत्सुकता देखिन थालेको छ। यद्यपि फिल्मको कथा, कलाकार, छायांकनस्थल तथा अन्य प्राविधिक पक्षबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गर्न बाँकी छ।
अनुभवबाट निर्देशनमा नयाँ यात्रा
लामो समय काम गरेका कटुवालले चलचित्र निर्माणका पर्दापछाडिका धेरै पक्षलाई नजिकबाट नियालेका छन्। कलाकारसँगको समन्वय, दृश्य निर्माण, छायांकन व्यवस्थापन, प्रोडक्सन तथा निर्देशकसँगको सहकार्यजस्ता काममा हासिल गरेको अनुभव अहिले उनको आफ्नै निर्देशन यात्राको आधार बनेको छ।
त्यसैले ‘मझेरी’पछि ‘भोजपुरे ठिटो’ जस्तो नयाँ प्रोजेक्टमा भएको सम्झौतालाई कटुवालप्रति निर्माण पक्षको विश्वासका रूपमा समेत हेरिएको छ।
करिब दुई दशकको फिल्मी अनुभव, निर्देशनमा ‘मझेरी’बाट प्राप्त चर्चा र त्यसलगत्तै ‘भोजपुरे ठिटो’सँगको नयाँ सम्झौताले सुरेन्द्र कटुवालको फिल्मी यात्रालाई थप चर्चामा ल्याएको छ। अब प्रश्न भने एउटै छ ‘मझेरी’बाट बनाएको चर्चा ‘भोजपुरे ठिटो’मार्फत कटुवालले कति माथि पुर्याउलान्रु यसको जवाफ चलचित्र निर्माणसँगै दर्शकमाझ आउनेछ।