सुचना, समाचार र मनोरन्जन

‘लोकन्ती’ यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं:

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’ले पनि प्रदर्शन मिति घोषणा गरेको छ। निर्मााण् टिमले यहि मंसिर २६ गते शुक्रबारदेखि देशभर फिल्म प्रदर्शनमा आउने जानकारी दिएका हुन्।

रञ्जित राना निर्देशित फिल्मले परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई फिल्मको कथाले बोल्ने निर्माण पक्षको दाबी छ। फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।

सन्तोष न्यौपानेको लगानी रहेको यो फिल्ममा यसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
पाँच वर्षपछि आफ्नो फिल्म आउन लागेको भन्दै अभिनेता यसराजले खुशी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफु निकै उत्साहित रहेको बताए। उनी फिल्ममा भन्दा बढि म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन्

यसै फिल्ममार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। आफ्नो डेब्यु फिल्म रिलिज हुन लागेकाले दुवै जना उत्साहित देखिन्छन्। संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन्। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.