सुचना, समाचार र मनोरन्जन

वर्तमान सरकार लोकतान्त्रिक निकासका लागिः प्रधानमन्त्री

काठमाडौँ,

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार लोकतान्त्रिक निकासका लागि बनेको एक पुल भएको बताएकी छन् ।

बुधबार राजनीतिक दलहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘यो सरकार लोकतान्त्रिक निकासका लागि बनेको एक पुल हो । यसको सफलता र सदुपयोग उच्च राजनीतिक दृढता र जनविश्वासको पुनर्स्थापनामा निर्भर गर्दछ ।’

प्रधानमन्त्री कार्कीले अगाडि भनिन्, ‘सबै राजनीतिक दलका नेताज्यूहरूलाई राष्ट्रिय सहमतिको यो महायज्ञमा एकताबद्ध हुन, १० मंसिरभित्र दल दर्ता गरी आफ्नो संवैधानिक दायित्व पूरा गर्न र २१ फागुनको निर्वाचनलाई शान्तिपूर्ण, मितव्ययी र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि सहयोग र पूर्ण प्रतिबद्धताका लागि आह्वान गर्दछु ।’

राजनीतिक अस्थिरतालाई निर्वाचनमार्फत स्थायी निकास दिनैपर्ने भन्दै उनले इतिहासको यस संवेदनशील घडीमा मुलुक र लोकतन्त्रप्रति हामी कति इमानदार रह्यौँ भनेर भावी पुस्ताले पनि हाम्रो जाँच गरिरहने बताइन् ।

Leave A Reply

Your email address will not be published.