सुचना, समाचार र मनोरन्जन

‘लण्डन टू पेरिस’को टिजर : साम्राज्ञी र निश्चलको चुम्बन र बेडसिनले भरिभराउँ

काठमाडौं :

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को टिजर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले यो फिल्मको १ मिनेट ५७ सेकेण्ड लामो टिजर रिलिज गरेको हो। फिल्मको टिजर हेर्दा चुम्बन र बेडसिन भरिभराउ देखिन्छ।

निर्देशकले फिल्ममा साम्राज्ञी र निश्चललाई रोमान्टिक शैलीमा प्रस्तुत गराउने प्रयास गरेका छन्। साजु चन्द्रनको सम्पादन रहेको यो फिल्ममा अवेद पाराव र कुनाल कदमको छायांकन छ।

Pach Pandav

प्रदीप भारद्वाजले लेखेको यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । जेठको २५ गतेबाट रिलिज हुने यस फिल्मको गीत रिलिज भइसकेको छ। जुन गीतले खासै चर्चा पाउन सकेको छैन।

यस अघि घनश्याम लामिछानेले फिल्म ‘चित्रा’निर्देशन गरेका थिए। जुन फिल्म बक्स अफिसमा कमजोर बनेको थियो। उनी यस फिल्मबाट निकै अपेक्षित देखिएका छन्।

Leave A Reply

Your email address will not be published.