सुचना, समाचार र मनोरन्जन

सिंगापुरमा पदमले घन्काउदै ‘के गुलियो छ र सख्खर चिनी’

काठमाडौं :

द भ्वाईस अफ नेपाल सिजन ४ का सेमिफाइनलिस्ट चर्चित गायक पदम राईलाई सांगितिक कार्यक्रम भ्याई नभ्याई छ। उनी स्वदेश तथा विदेशमा आफ्नो सांगितिक प्रस्तुतीहरु दिइरहेका छन्।

Pach Pandav

उनी अब नेपाली मुभिज् सिंगापुरको आयोजनामा आगामी जेष्ठ १२ र १३ ‘मे २५ र २६’ मा सिङ्गापुरमा जाने भएका छन्। त्यहाँ हुने ‘लाईभ नेपाली सांगीतिक साँझ सिंगापुर २०२४’ मा आफ्नो साँगीतिक प्रस्तुतिको लागि गायक राई यतिबेला तयारीमा जुटेका छन्। उनका केहि चर्चित गीतहरुमध्ये ‘के गुलियाृ छ र सख्खर चिनी’दर्शकको पहिलो रोजाईमा पर्ने गरेको छ। उनले र मेलिना राईले गाएको यो गीत गत वर्ष ‘द भ्वाईस अफ नेपाल सिजन ४ मा उनले गाएका थिए। सोही रियालिटीशोबाट थप चर्चामा आएका पदम देश तथा विदेशमा मनोरञ्जन गराउन हिडिरहेका छन्।

यस रियालिटी शोको सेमिफाइनलिस्ट समेत रहेका गायक पदम राई सिंगापुर उड्न लागेका हुन्। यस कार्यक्रममा पदमका अलवा प्रगति पुन मगर, सुनिता थेगिम्, रवि गहतराज लगायत स्थानीय कलाकारहरुले कार्यक्रममा साथ दिने छन्। पदमले हालै किरात राई यायोक्खा शाखा, युएईको आयोजना येलेदोङ ५०८४ बृहत साँस्कृतिक कार्यक्रममा गायक राईले आफ्ना दर्जनौ हिट गीत गाएर नेपाल फर्किएका छन्।

Leave A Reply

Your email address will not be published.