
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुबेदी
- ‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
- तीन हप्तामै सकियो दीपेन्द्र के खनालको फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन
- सार्वजनिक भएको २४ घण्टामै ‘कबड्डी ५’ को ट्रेलर ट्रेन्डिङ नम्बर १ मा, दर्शकमा उत्साह
- नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरमै पुर्याइदिने
- औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
- ‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्ण
- बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन
- सेयर बजार २१ अंकले बढ्यो, बैंकिङ समूहमा उत्साह
- सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
लुम्बिनी,
लुम्बिनी प्रदेशसभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि संसदस्य समितिमा पठाएको छ ।
प्रदेशसभाको आज बसेको १२औँ बैठकले उक्त विधेयक दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको हो । बैठकमा विधेयक माथिको प्रस्ताव उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले आजको बैठकमा समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभएको छ । सातौँ अधिवेशनको १३औँ बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने जानकारी गराइएको छ । आज बसेको बैठकमा प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले बैठकलाई सम्बोधन गर्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी सङ्गठन नभई शिक्षा प्रणाली नै रहेको बताउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्यहरु बसिउद्दिन खाँ, मीनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी र चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।